शुक्रबार, बैशाख ४, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • रविलाई मुद्धा हाल्दा डिएसपीको पारो तात्यो : भन्छन, ‘युवराजलाई नमारी समृद्धि आउँदैन !’

रविलाई मुद्धा हाल्दा डिएसपीको पारो तात्यो : भन्छन, ‘युवराजलाई नमारी समृद्धि आउँदैन !’


कान्तिपथ


सशस्त्र प्रहरीका एक डिएसपी विवादास्पद कमेन्टका कारण चर्चामा आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल सफल फेरी सर्वोच्चमा पुगेपछि डिएसपी श्याम केसीले युवराज सफललाई मारेपछि मात्र देशमा समृद्धि आउने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सफल सर्वोच्च पुगेका थिए । एक सामाजिक संजाल प्रयोगकर्ताले उक्त समाचार सेयर गर्दा केसीको कमेन्ट देखिएको हो ।

रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत