दोलखाको धार्मिकस्थल चर्नावती धाममा महायज्ञ सुरु भएको छ । जेष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनको तयारीका लागि आज जेठ ७ गतेदेखि १५ गतेसम्म माहायज्ञ लगाइने भएको हो । दोलखाको शैलुङ गाँउपालिका– ७ चर्नावती धामस्थित चर्नावती सामुदायिक वनको ४० रोपनी खाली पर्ती जग्गामा जेष्ठ नागरिक सेवा केन्द्र निर्माण भैसकेको छ ।
सेवा केन्द्र भवन सञ्चालनका लागि महायज्ञ लगाउने कार्य अन्तिम चरणमा पुगेको महायज्ञ सञ्चालन समितिले जानकारी दिएको छ । संचारकर्मी प्रविन थपलियाले पवित्र भूमिमा बनेको जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा महायज्ञले थप टेवा पुग्ने बताए ।
उनले संस्कृतविद बिदुषी प्राध्यापक डा.कान्ता भट्टाराईको मुखारबिन्दबाट श्रीमद् देवीभागवत महापुराण बाचन हुने जानकारी दिए ।
धाममा पक्की तीन तले जेष्ठ नागरिक सेवा केन्द्रमा १६ वटा आवास कोठा, एक वटा भान्सा कोठा, तीनवटा हल र पाँचवटा शौचालय कोठा रहेका छन् । सेवा केन्द्र ४८ जनासम्म जेष्ठ नागरिक बस्न सक्ने गरि निर्माण गरिएको छ । तामाकोशी नदि किनारमा अवस्थित चर्नावती धाम दोलखाको पवित्र धार्मिक स्थल मानिन्छ । महायज्ञमा सहभागी हुन पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका अतिथि दोलखा पुगिसकेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ