शुक्रबार, जेष्ठ १, २०८३

शरणार्थी प्रकरणमा दोषी छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ


कान्तिपथ


गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । 

‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरूलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दायरामा ल्याउने प्रक्रिया अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो,  ‘कोही निर्दोष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’

विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको र निर्दोषलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम गर्न नहुने उहाँले बताउनुभयो ।

जहाँ जहाँ गडबडी छ, भ्रष्टाचार भएको छ, जहाँ जहाँ अपराध छ, त्यो लुक्न पाउने छैन, अपराधी भ्रष्टाचारी, कालोबजारी, तस्कर, ठग सबैलाई प्रहरी अगाडी आत्मसमर्पण गर्ने अवस्था सृजना गर्ने उहाँको भनाइ छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत