शुक्रबार, चैत्र २७, २०८२

अवकासको २ दिन अगाडी मुख्यसचिवमा बढुवा


कान्तिपथ


डा. बैकुन्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। अर्याल यही असार २ गते सचिव पदबाट बिदा हुँदै थिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएपछि अर्याल कर्मचारीको उच्च पदमा पुगेका हुन्।

मुख्य सचिव बैरागीको समय असोज १५ गतेसम्म थियो। तर, समयअगावै राजीनामा गराएर अर्याललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ।

२०७५ असार ३ गते सचिवमा बढुवा भएका अर्याल यही असार २ गते सचिवको ५ वर्षे सेवाअवधि सकिएर अवकाशमा जाँदै थिए। अर्यालले २०४९ सालमा हुलाक सेवाबाट सरकारी सेवा सुरु गरेका थिए।

सचिवबाट अवकाश हुनुअगावै उनलाई मुख्य सचिवमा बढुवा गरिएको हो। अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्यालले ३ वर्षे पूरा कार्यकाल बिताउने छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत