आइतवार, चैत्र २९, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • कप र सोया सस चाटेको आरोपमा रेष्टुरेन्टले साना बालकसँग ६ करोड क्षतिपूर्ति माग

कप र सोया सस चाटेको आरोपमा रेष्टुरेन्टले साना बालकसँग ६ करोड क्षतिपूर्ति माग


कान्तिपथ


जापानको प्रसिद्ध सुशी रेष्टुरेन्टले एक जना बालकलाई सोया सस जुठो हालेको, चाटेको आरोपमा जापानी येन ६७ मिलियन (६ करोड ३० लाख नेपाली रूपैयाँ) क्षतिपूर्ति माग गर्दै बालक बिरुद्ध अदालतमा मुद्दा हालेको छ । बालकले सस तथा कपहरु चाटदै जुठोहालेको फुटेज सामाजिक संजालमा भाइरल भएपछि आफ्नो रेष्टुरेन्टलाई ठूलो घाटा लागेको रेष्टुरेन्ट संचालको दाबी रहेको छ ।

एक रिपोर्टका अनुसार जनवरीको महिनामा यी बालक सो रेष्टुरेन्टमा आफ्ना साथीहरूसँग गएका थिए । सामाजिक संजालमा भाइरल भएको भिडियोमा उनले टेबलमा राखेको सोया सस तथा कप चाटेको भिडियो फुटेजमा देखिन्छ । यो रेष्टुरेन्टको संचालक कम्पनी अकिनो सुशिरो को.ले ओसाका जिल्ला अदालतमा मुद्दा हालेको हो ।

उजुरीमा कम्पनीयो यो भिडियो सामाजिक संजालमा भाइरल भएपछि आफ्नो रेष्टुरेन्टमा ग्राहकको संख्यामा भारी गिरावट आएको र आफ्नो कम्पनीलाई १६ अर्ब येन घाटा लागेको दाबी गरेको छ ।

बालकको तर्फबाट उनका वकिलले बालकले आफूले सस चाटेको कुरा स्वीकार गरेको र उनलाई यसका लागि पछुतो भएको अदालतलाई लिखित रूपमा बताएका छन् । वकिलले अदालतलाई लेखेको पत्रमा यो घटनाकै कारण ग्राहकको संख्यामा गिरावट आएको कुनै प्रमाण नभएको भन्दै मुद्दा खारेज गर्न माग गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत