शुक्रबार, चैत्र २७, २०८२

आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन


कान्तिपथ


जनकपुरधाम । आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले आज प्रदर्शन गरेका छन् । जनकपुरधामको पेठीया बजारबाट सुरु भएको व्यवसायीहरूको प्लेकार्ड तथा ब्यानरसहितको जुलुस नगरको परिक्रमा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएकाे थियाे ।

आलु र प्याजको उत्पादन नहुँदै मूल्यमा वृद्धि हुने गरी लगाइएको भ्याटका कारणले आम उपभोक्ता तथा यसको व्यापार गर्ने व्यवसायी र सरकारको राजश्वमा कमी आएको भन्दै भ्याट खारेजीको माग व्यापारीहरूले गरेका छन् ।

आलु प्याज व्यवसायी सङ्घको अगुवाइमा भएको जुलुसलाई जनकपुरधाम उद्योग वाणिज्य सङ्घले समर्थन गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु र प्याजको पर्याप्त उत्पादन नहुँदै भ्याट लगाउने कामले आम उपभोक्ताहरू मारमा परेको बताउनुभयाे ।

उहाँले आलु तथा प्याजमा लगाइएको भ्याटका कारणले आम जनता थप करको बोझमा परेको र आम व्यवसायीहरूको व्यापार व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो । अहिले आलुको मूल्य प्रतिकिलो ७० तथा प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत