शुक्रबार, चैत्र २७, २०८२

बिचौलिया हाबी हुँदा बजारमा हरियो तरकारीको मूल्यमा अचाक्ली वृद्धि


कान्तिपथ


काठमाडौं- बिचौलिया हाबी हुँदा अहिले अधिकांश हरियो तरकारीको मूल्य बढेको छ । किसानले तरकारीको वास्तविक मूल्य नपाउने तर विचौयाले मूल्य वृद्धि गर्दा उपभोक्ता सँधै मारमा पर्ने गरेका छन् ।

तरकारी महँगो भएपछि उपभोक्तालाई भान्सा धान्नै समस्या परेको छ । हरियो तरकारी किन्न नसक्ने अवस्था आएपछि गुन्द्रुक तथा सोयाबिन खान बाध्य भएको गुनासो उपभोक्ताको छ ।

दुई साताअघि पाँच रुपैयाँ प्रतिकिलो पनि नपर्ने गोलभेडाको मूल्य आइतबार ८० रुपैयाँ प्रतिकिलो छ । असार १४ गते ४८ रुपैया प्रतिकलिो पुगेको गोलभेडा असार २१ गतेसम्म आइपुग्दा ३९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

त्यस्तै, तिते करेलाको मूल्य करिब ३५ प्रतिशतले बढेर एक सयको हाराहारीमा पुगेको छ । त्यस्तै, रायो साग ९० प्रतिशतले बढेर करिब ९० रुपैया र रुख कटहर २५ प्रतिशतले मूल्य बढेको छ ।

काउली, बोडी, घिउसिमी लगायतका अधिकांश तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास सममितिले जनाएको छ । वर्षायाम सुरु भएसँगै तरकारीको मूल्य आकासिएको छ ।

वर्षायाममा तरकारीको उत्पादनमा कमी आउनुका साथै आपूर्तिमा समस्या आएका कारण तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा तरकारीको मूल्य बढिरहेको मौका छोपी खुद्रा व्यापरीले उपभोक्तासँग जथाभावी मूल्य असुलिरहेका छन् । कानुन विपरित हुने गरी उपभोक्तासँग मनपरी मूल्य लिने व्यवसायीलाई कानुन बमोजिम कारवाही गरिने वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो तरकारीको आयात घटेर दैनिक ६ सय टनको हाराहारीमा आउने गरेको छ । जबकी अन्य समयमा ८ सय टन हरियो तरकारी आउने गर्दथ्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत