शुक्रबार, साउन ११, २०८१

मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेटः पाँच जनाको शव फेला


कान्तिपथ


सोलुखुम्बु- आज बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । बिहान १०:०१ बजे सम्पर्कविहीन भएको उक्त हेलिकप्टर लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटनामा हेलिकप्टरमा सवार पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो । साथै हेलिकोप्टर दुर्घटनास्थलमा वेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेत नेतृत्वको टोली पुगेको छ ।

प्रजिअ भट्टराईका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको छ । साथै मृतकको पहिचान खुलिसकेको छैन । थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

होलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना म्याक्सिकन नागरिक भएको पुष्टि भएको छ । क्याप्टेन चेत गुरूङले उडाउनुभएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक हुनुहुन्थ्यो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत