काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एअरको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ ।
दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ ।
९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान करिब ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।
जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ ।
जहाज दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
जहाजमा सवार १९ जना मध्ये १५ जनाको मृत्यु भएको छ ।
४ जना घाइतेहरु मध्ये ३ जनाको टिचिङ अस्पतालमा र एक जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार यात्रुहरुको विवरणः
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ