शुक्रबार, बैशाख ४, २०८३
  • गृहपृष्‍ठ
  • बिश्व
  • युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान

युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान


कान्तिपथ


दक्षिणी युरोप र उत्तर-पश्चिम अफ्रिकाका केही भागहरूमा गर्मीको लहर नै चलिरहेको छ । आगामी केही दिनमा तापक्रम वृद्धिले कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।

स्पेन, फ्रान्स, ग्रीस, क्रोएसिया र टर्कीका केही भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस पार हुने अपेक्षा गरिएको छ । यसै गरी इटालीमा, तापक्रम ४८.८ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान छ ।

फ्लोरेन्स र रोम सहित १० सहरहरूमा तापमान वृद्धिको रेड अलर्ट जारी गरिएको छ । इटालीमा सहनै नसक्ने गर्मी बढेको छ । गर्मीकै कारण केही मानिसको मृत्यु समेत भएको छ ।

इटालीका मौसमविद्हरुले गर्मीले अत्यन्तै खराब अवस्था आउनसक्ने चेतावनी दिएका छन् । मौसम कार्यालयले यो साता ४० को दशक यताकै सबैभन्दा गर्मी हुनसक्ने जनाएको छ ।

सन् २०२१ को अगस्टमा इटालीको सिसिलीको सिराक्युज टापु नजिकै युरोपकै सबैभन्दा तातो तापक्रम ४८ दशमलब ८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । गत वर्ष युरोपभरीमा गर्मीकै कारण ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत