बिहिबार, चैत्र २९, २०८०

७७ वटै जिल्लामा पुग्यो लम्पीस्किन : २८ हजार पशुको मृत्यु


कान्तिपथ


नेपालमा तीन वर्षअघि मोरङको सुन्दरहरैंचाका पशुमा देखा परेको लम्पीस्किन रोग हालसम्म ७७ वटै जिल्ला पुगेको छ।

सरकारी प्रयास प्रभावकारी नहुँदा असार मसान्तसम्म लम्पीस्किनबाट ७७ जिल्लाका ७ लाख ९९ हजार ११७ पशु संक्रमित भएका छन् भने २८ हजार ४२४ पशु मरेको विवरण कृषि तथा पशुपक्षी मन्त्रालयले सार्वजनिक गरेको छ। लम्पीस्किनबाट भैंसीको तुलनामा गाईगोरु धेरै संक्रमित भएको मन्त्रालयको अनुमान छ।

मन्त्रालयको विवरणअनुसार लम्पीस्किन आव २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा देखिएकामा आव आव २०७९/८० अन्त्य हुँदा ५४२ पालिकामा फैलिएको छ।लम्पीस्किनबाट बस्तुभाउ मरे पनि किसानको नोक्सानीबारे सरकारले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

यद्यपि हालसम्म किसानले पालेका पशुमा लम्पीस्किनबाट प्रभावित र मृत्यु हुँदा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ बराबरको क्षति अनुमान गरिएको नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले बताए। एउटा गाई वा भैंसीमा लम्पी संक्रमण भएपछि ४९ हजार १३५ क्षति पुग्ने हुँदा सोही संख्यालाई गुणन गरेर क्षतिको आर्थिक विवरण तयार पारिएको उनको भनाइ छ।

पशु चकित्सकका अनुसार लम्पीस्कि लागिसकेपछि पुश निको भए पनि उसको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। लम्पीस्किन संक्रमणले दूध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, तुहिने सम्भावना अधिक रहने गरेको पशु चिकित्सक बताउँछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत