शुक्रबार, चैत्र २७, २०८२

यस वर्ष मेची भन्सारबाट झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको चिया निर्यात


कान्तिपथ


झापा- अधिक बस्तुहरु भारतबाट आयात हुने नेपालमा यस बर्ष चिया निर्यातमा भने बृद्धि भएको छ । झापाको मेची भन्सार कार्यालय मार्फत यस बर्ष झण्डै साढे ३ अर्ब मुल्यको चिया निर्यात भएको छ ।

अघिल्लो बर्ष भन्दा आर्थिक बर्ष २०७९-०८० मा १६ प्रतिशतले चिया निर्यात बढेको हो । आर्थिक बर्ष २०७८-०७९ मा १ करोड १७ लाख १३ हजार ६ सय ५९ केजी चिया निर्यात भएको थियो । तर गएको आर्थिक बर्षमा १ करोड ६० लाख ७८ हजार ६३ केजि चिया निर्यात भएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ ।

मुल्यको हिसाबमा गएको आर्थिक बर्षमा ३ अर्ब ४२ करोडको चिया निर्यात भएको छ । नेपालमा सवै भन्दा धेरै चिया उत्पादन हुने झापामा मात्र ४ अर्ब बढी मुल्यको चिया उत्पादन हुँदै आएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत