बुधबार, बैशाख २, २०८३

ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रूसको दावी


कान्तिपथ


मस्को । ‘ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू–९’ सैन्य ड्रोनले ‘रूसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोई–३० लडाकू विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रूसले शनिबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी लडाकू विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु–टर्न लिएको थियो ।” उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ ।

’रूसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लङ्घन भएको छैन,” विज्ञप्तिमा भनिएको छ ।

मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रूसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन् ।

मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रूसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो ।

मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो ।

रूसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ ।सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत