शुक्रबार, साउन ११, २०८१

डोल्पामा भेटिए असामान्य बालकः उमेर १४ बर्ष, विकास दुधे बालक जस्तै


कान्तिपथ


डोल्पा- हिमाली जिल्ला डोल्पाको दुर्गम गाउँमा असामान्य अवस्थाका बालक भेटिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को करेलीकाँडा गाउँका यी बालक १४ वर्ष पुगे पनि उनको वृद्धि विकास भने हुन सकेको छैन ।

१४ वर्षका पारस बुढा नाम गरेका यी बालक दुधे बालक जस्तै छन् । उनको शारीरिक तथा मानसिक विकास समयानुकुल भएको छैन । कमजोर आर्थिक अवस्था र अशिक्षित परिवारमा जन्मिएका उनले उपचार पाए केही सुधार हुन्थ्य्यो कि भन्ने उनकी आमा शान्ति बुढाको आशा छ ।

अनौठो शारीरिक अवस्थाका पारसले आठ नौ दिनमा मात्र दिसा पिसाब गर्छन भने कान सुने पनि दोहोरो कुराकानी गर्न सक्दैनन् । चार छोरा, एक छोरी सहित सात जनाको परिवार रहेको बुढा परिवारले पैसाको अभावमा विरामी छोराको उपचार गर्न सकेको छैन ।

आर्थिक सहयोग पाए एक पटक उपचार गराउन अस्पताल लैजाने धोको पारसका बुवा आमाको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत