बिहिबार, चैत्र ६, २०८१

चार जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत


कान्तिपथ


काठमाडौ – लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको ५५ औं बैठकले  ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट अनुमानित लागत ९ अर्ब ४६ करोड र २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, लगानी स्वीकृत गरेको हो ।

यस्तै बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । त्यसै गरी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनाको लागि प्रारम्भिक अधिकारी तोक्ने सवालमा पनि निर्णय गरी मन्त्रीपरिषद्मा पठाउने निर्णय भएको पनि उहाँले बताउनु भयो ।

बोर्ड बैंठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा यस परियोजनाको विकासको खाका, परियोजनाको खाका, विकास ढाँचा र लगानीको ढाँचा तय गर्न गठित समितिको म्याद थप गरिएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन परियोजना प्याकेज वानको बारेमा पनि बोर्ड बैठकलाई जानकारी गराइएको छ ।

बैठकले सार्वजनिक-निजी साझेदारी ऐन-२०७५’ लाई संशोधनको प्रस्ताव तयार गर्न लगानी बोर्ड कार्यालयलाई स्वीकृति दिइएको छ ।त्यसैगरी बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको संयोजकमा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ रहनु हुने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत