शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ज्यान जोगाउने २ सय ३३ उपकरण प्रयोगविहीन भएकाे भन्दै सरकारको ध्यानाकर्षण

ज्यान जोगाउने २ सय ३३ उपकरण प्रयोगविहीन भएकाे भन्दै सरकारको ध्यानाकर्षण


कान्तिपथ


काठमाडौँ । प्रतिनिधिसभाकाे आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको विशेष समयमा सांसदहरुले देशको सबै भागमा डेंगी फैलिएकाले यसको नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचार र मानव तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरुले कसैले पनि विभेद, अतिवादलाई प्रशय दिन नहुने भन्दै नेपालमा सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने, मुलुकमा हिंसा भड्काउने काम कसैले गर्न नहुने,  स्वास्थ्य क्षेत्रको सेवालाई प्रभावकारी बनाउन खरिद गरिएका भेन्टिलेटर, अल्ट्रासाउन्ड लगायत २ सय ३३ उपकरण प्रयोगविहीन भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले जनताले लोडसेडिङ भोगिरहँदा सरकारले उद्योगलाई विद्युत् उपलब्ध गराएपनि त्यस बेलादेखिको उद्योगहरूले विद्युतको बक्यौता नतिरेको प्रति सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत