बिहिबार, फाल्गुन १, २०८१

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले दियो सफाइ


कान्तिपथ


सुनसरी- आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो ।

अदालतका श्रेष्तेदार भरतमणि पोखरेलका अनुसार गिरीविरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग नपुग्ने अन्तिम फैसला भएको हो ।

चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत