शुक्रबार, चैत्र २७, २०८२

विनोद चौधरीको उद्योगमा आयकर विभागको छापा


कान्तिपथ


उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले चौधरी ग्रुप (सिजी)को जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो। यतिमात्र नभइ दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आयकर विभागले पाएको गोप्य सूचनाका आधारमा उनको कम्पनीमा छापा मारिएको हो। यसपछि भारतका अन्य सहरमा रहेका उनका कम्पनीमा रेड सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यो कारवाहीको नेतृत्व गुवाहाटीका आयकर अधिकारीले गरेका हुन्। उनले सिजी फुड इन्डिया प्रालि र सिजीका त्यहाँस्थित अन्य कम्पनीको डकुमेन्ट लिएर अनुसन्धान थालेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत