दोलखा प्रहरीले लामावगर नाका हुँदै ल्याईएको अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले आज दिउँसो सदरमुकाम चरिकोटवाट दोलखाको बिगु गाउँपालिका–१ लामावगरमा ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र सोही स्थानकी ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको हो । चरिकोटस्थित शुभकामना होटलवाट दिउँसो नियन्त्रणमा लिईएको हो ।
प्रहरीले हिजो विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुवाट बरामद भएको ४ किलो सुनसहितको सामानहरु दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले बरामद भएको सुन जस्तो धातुको तौल ४ किलो भएको र सुन पुष्टि भएमा त्यसको बजार मुल्य ३ करोड ७७ लाख ४७ हजार ८०५ रुपैयाँ हुने जानकारी दिए ।