बिहिबार, मंसिर १४, २०८०

नेल्सन मण्डेला लिडरसीप अवार्ड २०२३ बाट तामाङ सम्मानित


कान्तिपथ


ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ अन्तर्राष्ट्रियस्तरको नेल्सन मण्डेला लिडरसीप अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।

लण्डनमा आयोजित ग्लोबल पिस समिटमा उक्त अवार्डबाट अध्यक्ष तामाङ सम्मानित हुनु भएको हो । भारतको एनआरआई वेल्फेयर अफ इण्डियाले गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट अवार्डका लागि छनोट हुनु भएको थियो ।

कोरोना महामारीको समयमा समुदायमा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय तामाङले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएपछि आफूले पाउने सबै तलबभत्ता सोही गाउँपालिकाका सामुदायिक विद्यालयमा वितरण गर्ने घोषणा गर्नुभएको छ । अवार्ड विश्वभरबाट ३५ जना व्यक्तित्वलाई प्रदान गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत