शनिबार, कार्तिक २४, २०८१

गोलभेँडाले आँखा तर्छ, दशैं कसरी टर्छ ?


कान्तिपथ


नेकपा एमालेका सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरेका हुन् ।

उनले चाडपर्व नजिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महंगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महंगी नियन्त्रण गर्न माग गरे । बजारमा एक बोरा चामललाई ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको भन्दै सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएको उनको भनाइ थियो ।

‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होस् हवास्, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेडाले के किन्लास् भनेर आँखा तर्छ ,दशैँ पेस्की आउने कहिले कहिले पेस्कीमा महंगी आयो’, उनले भने, ‘जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत