सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणतः दुबैतर्फ गरी करिव ५ सयजनाको मृत्यु

इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणतः दुबैतर्फ गरी करिव ५ सयजनाको मृत्यु


कान्तिपथ


इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्‍न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ । इजरायलले जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।

हमास लडाकुका आधार क्षेत्र लक्ष्यित हमलालाई प्रभावकारी बनाउन शंकास्पद ठाउँका बासिन्दालाई अन्यत्र पठाउन खोजेको हो । हालसम्म लडाकु समूह हमासको आक्रमणमा परी इजरायलतर्फ २ सय ५० जनाको मृत्यु भएको छ भने करिव १६ सयजना घाइते भएका छन् ।

त्यस्तै इजरायली सेनाको प्रत्याक्रमणमा परी २ सय ५० हमास लडाकुको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी हमलाको विश्व समुदायले निन्दा गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत