शुक्रबार, मंसिर १५, २०८०

अफगानिस्तानमा शक्तिशाली भुकम्प : २ सय बढीको मृत्यु


कान्तिपथ


अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय पुगेको छ। बीबीसीका अनुसार भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस दबिएका छन्।

विपद् व्यवस्थापन प्रमुखले हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्।

शनिबार राति अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि लामो समयसम्म धक्का महसुस भइरहेको जनाइएको छ।

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ। गत जुनमा पनि त्यहाँ भूकम्प जाँदा हजारभन्दा बढीको ज्यान गएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत