बिहिबार, मंसिर १४, २०८०

अनमोल केसीलाई जेल हाल्ने सुदर्शन थापा विरुद्ध पक्राउ पुर्जी


कान्तिपथ


फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएका हुन् ।

निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । अधिकृतका अनुसार आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीन जनाकोविरुद्ध उजुरी दिएका हुन् ।

जाहेरीमा उल्लेख तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार पक्राउ परेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ । सुदर्शन थापा लगायतको उजुरी कै आधारमा केहि दिन पहिले नायक अनमोल केसी पक्राउ परेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत