सोमवार, मंसिर १८, २०८०

दोलखाको भिमेश्वर ४ मा २५ दिने पञ्चेबाजा प्रशिक्षण सुरु


कान्तिपथ


दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ ले संस्कृति जगेर्नाका लागि पञ्चेबाजा प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच पञ्चेबाजा प्रशिक्षण आरम्भ गरिएको वडाअध्यक्ष तारानाथ चौलागाईंले बताए । आधुनिकीकरण र पश्चिमीकरण बढेसंगै युवाहरुमा आफ्नो मौलिकता र लोकसंस्कृतिप्रति मोह घट्दै गएपछि पञ्चेबाजा प्रशिक्षण आरम्भ गरिएको चौलागाईंले बताए ।

प्रशिक्षणमा महिला र पुरुष गरि दुई टाेलिकाे सहभागीता रहेकाे छ । वडा अध्यक्ष चौलागाईंका अनुसार प्रशिक्षण धार्मिक पर्यटकीय स्थल टहलेमा २५ दिनसम्म चल्नेछ । पञ्चेबाजा प्रशिक्षणमा सहभागीहरुलाई भुवन नेपालीले मुख्य प्रशिक्षण गर्नेछन् भने हरि नेपालीलले सहजीकरण गर्ने छन् ।

एक दशक अगाडिसम्म भिमेश्वरका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् । त्यसैले यो सुरुवात गरिएको हो, वडा अध्यक्ष चौलागाईंले भने ।

उन्ले भने “पञ्चेबाजा त हाम्रो संस्कृति हो, ठूलो सम्पत्ति हो, यसलाई बाजा बजाउने समुदाय र सरकारले पनि चासो दिनुपर्छ, अहिलेको रुपमा बाजा बजाउने समुदायप्रति हेरिने हेराइ फेरिएन भने पछिका हाम्रा पुस्ताले पञ्चेबाजा देख्ना र सुन्न पाउँदैनन्, मलाई त निकै चिन्ता लागेको छ, अहिले त बाजासँग मादल पनि देखिन र बजाउन छोडि सके ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत