शुक्रबार, मंसिर १५, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • इजरायलबाट २५३ यात्रु लिएर आउँदै एनएसीको वाइडबडी, अबको केहि घण्टामा काठमाडौं अवतरण 

इजरायलबाट २५३ यात्रु लिएर आउँदै एनएसीको वाइडबडी, अबको केहि घण्टामा काठमाडौं अवतरण 


कान्तिपथ


काठमाडौं। इजरायलमा अलपत्र परेका नेपाली लिन गएको नेपाल वायुसेवा निगमको ९ एन-एएलजेड कलसाइनको जहाजले २५३ यात्रु लिएर काठमाडौं आउने भएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले इजरायलबाट उडानको तयारीमा रहेको जहाज १० घण्टाभित्र काठमाडौंमा अवतरण गर्ने जानकारी दिए।

‘इजरायलबाट दुवईको उडान दुरी ३ घण्टाको रहेको छ। दुवईमा रिफ्युलिङ लगायत कामका लागि डेढ घण्टा लाग्नेछ। दुवई-काठमाडौं उडान दुरी करिब पाँच घण्टाको रहेको छ,’ प्रवक्ता पौडेलले भने,’अबको करिब १० घण्टामा जहाज काठमाडौं अवतरण हुनेछ।’

उनका अनुसार यो उडान वरिष्ठ क्याप्टेन श्रवण रिजाल र वरिष्ठ क्याप्टेन योगेश हिराचनको कमाण्डमा रहेको छ। उडानमा फर्स्ट अफिसर जिवेश लामा छन्।

निगमको जहाज इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन बिहीबार दुवईहुँदै इजरायल पुगेको थियो। जहाजमा परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली गएको थियो। प्यालेस्टाइनको लडाकू समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ कार्यरत नेपाली उद्वारका लागि निगमको जहाज त्यसतर्फ गएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत