बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • सरकारले तोक्यो खसीबोकाको मूल्य: जीउँदो खसीबोका ६८० र च्यांग्रा १ हजार २६० रुपैयाँ किलो

सरकारले तोक्यो खसीबोकाको मूल्य: जीउँदो खसीबोका ६८० र च्यांग्रा १ हजार २६० रुपैयाँ किलो


कान्तिपथ


सरकारले दशैंका लागि बिक्री गरिने खसीबोका तथा च्यांग्राको मूल्य तोकेको छ। सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबार मूल्य तोकेको हो।

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने च्यांग्राको १ हजार २६० रुपैयाँ तोकिएको छ।

तोकिएको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट हुने खाद्य संस्थानकी प्रवक्ता सर्मिला न्यौपानेले जानकारी दिइन्।

२ हजार खसी र १ हजार च्यांग्रा ल्याइएको न्यौपानेले बताइन्। जसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

थापाथलीस्थित बिक्री केन्द्रबाट खसीबोका मंगलबार बिहान ८ बजेबाट बिक्री सुरु हुने उनले जानकारी दिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत