सोमवार, माघ २८, २०८१

बारामा निजी विद्यालय सञ्चालकमाथि गोली प्रहार गरि हत्या


कान्तिपथ


बारा । बारामा एक निजी विद्यालय सञ्चालकलाई आपराधिक समूहले गोली प्रहार गरि हत्या गरेको छ । 

कलैया उपमहानगरपालिका वडा नं ६ निवासी अन्दाजी ४५ वर्षीय  गुडु  भनिने रुपेश स्वर्णकारलाई आपराधिक समूहले  छाती र पाखुरामा तीन राउण्ड गोली प्रहार गरि फरार भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

एउटै मोटरसाइकलमा चढेर आएका तीन जनाको समूहले गोली प्रहार गरि हत्या गरि फरार भएको काफ्लेले जानकारी दिनुभयो । घटनापछि अहिले  सुरक्षा अवस्था कडा पारिएको छ ।

स्वर्णकारलाई गम्भीर घाइते अवस्थामा एलएस न्यूरो अस्पतालमा उपचारका लगिएकाे थियाे र उपचारकै क्रममा उहाँकाे मृत्यु भएकाे हाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत