१६ कात्तिक, काठमाडौं । चिसो मौसम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको दैनिक सेवाको समय ६ घण्टा बनाएको छ । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । जाडो समयमा दिन छोटो हुने हुनाले सरकारले सरकारी कार्यालयहरुमा वर्षमा तीन महिनाका लागि कार्यालय समय ६ घण्टामात्रै तोकिने गरेको छ । सोहि अनुसार आज (बिहीबार) देखि माघ १५ गतेसम्म सरकारी कर्मचारीहरुले बिहान १० देखि साँझ ४ बजेसम्म काम गर्नेछन् ।
उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् ।
१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।
१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ