शुक्रबार, साउन ११, २०८१

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन


कान्तिपथ


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप एक लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँका देविकृष्ण कामीको जोडीले अन्तर जातीय विवाह गरे पछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैयाँ उपलब्ध गराएको हो ।  

छाँयानाथ रारा नगरपालिकाको आर्थिक बर्ष ०७९। ०८० को नीति तथा कार्यक्रम अनुसार  नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत पहिलो पटक अन्तर जातीय विवाह गर्ने जोडीलाई छाँयानाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख उपलब्ध गराएको हो ।

सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षाीया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ वर्षीय देबि कृष्ण कामी बीच दुई वर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्ध पछि  दुवै जनाको सहमतिमा गएको माघ १३ गते उहाँहरुकाे विवाह भएको थियाे ।

‘नेपालगंजमा  रञ्जिता औषधी गर्न गएको बेला चिनचान भएको थियो । चिनचान पछि फोन मार्फत कुरा हुँदै दुई वर्षसम्म प्रेममा रहयौ‌ ।  दुवैको सहमतिमा भागेर माघ १३ आफ्नो घरमा विवाह भयो । अहिले दुवै जना खुसी छौ ।’ देवी कृष्णाले थफनुभयो, ‘ससुरालीहरूले हामी दुबैलाई जे गर्नु गरिहाल्यौं, ज्वाइँ छोरीका रुपमा स्वीकार गर्छौ, माइती घरमा आउन अनुरोध गरेका छन् । समय मिलाएर माइती घरमा जाने निधो दुवै जनाले गरेका छौं ।,’देवी कृष्णाले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिकाले १२ औं नगरसभामा दलित नीति पास गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने नीति पास गरेको थियो । यसका बारेमा कर्मचारी र जनप्रतिनिधिले जानकारी दिए पछि आफूहरूले आवश्यक कागजपत्र पेश गरेपछि यो रकम पाउँदा सारै खुशी   लागेकाे  त्यो जोडीले बताउनुभयाे ।

‘नगरपालिकामा नगरप्रमुखको हातबाट एक लाख रुपैयाँको चेक पाउँदा सारै खुसी लागेको छ । आफ्नो श्रीमती १२ कक्षामा पढ्दै छिन् नगरपालिकाबाट पाएको यो रकम उनको पढाइमा खर्च गर्छु ।,’ देवी कृष्णाले हर्षितहुँदै बताउनुभयो ।

जातीय विभेद अन्त्य गर्नका लागी नगरपालिकाले  आर्थिक बर्ष ०७९।०८०को नीति तथा कार्यक्रम अनुसार  नगर भित्रका अन्तरजातीय विवाह गर्ने प्रत्येक जोडिलाई नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत प्राप्त निवेदन अनुसार एक एक लाख रकमको व्यवस्था गरिए अनुसार पहिलो पटक यो जोडीलाई एक लाख रकम उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताउनुभयाे । 

अन्तरजातीय विवाह गर्ने कामीको जोडीलाई छायाँनाथ रारा नगरपालिकामा नगर उपप्रमुख ऐश्वर्य मल्ललेले फुल माला लगाएर स्वागत सम्मान गर्नु भएको थियाे भने नगर प्रमुख बिष्णु कुमार भामले एक लाखको चेक हस्तान्तरण गर्नुभएकाे थियाे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत