बुधबार, बैशाख ९, २०८३

नेपाल प्रहरी श्रीमती संघलाई शैक्षिक सामग्री हस्तान्तरण


कान्तिपथ


काठमाडाैं । नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताए ।

साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघ र KOICA Nepal बीच मानव कल्याण तथा सामाजिक सेवाको क्षेत्रमा समन्वय र सहकार्य रहिरहने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा KOICA Nepal का प्रतिनिधि Gibum Kim ले आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कोषाध्यक्ष कल्पना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, KOICA Nepal का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत