बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले सोमबार राति ट्राफिक नियम उल्लङ्घन गरेर चलाइएका एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर चलाइएका एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
रातको समयमा चर्को आवाज निकाल्ने, हेलमेट नलगाएर चलाउने, मदिरा सेवन गरेर ३ जना बसालेर चलाइएका मोटरसाइकलहरू नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो।
‘एक दर्जन बढी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिएका छौँ’ सबैभन्दा बढी मोडिफाई गरेर चर्को आवाज निकालेर चलाएका मोटरसाइकलहरू रहेको तिवारीले जानकारी दिनुभयो।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई इलाका प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा राखिएको छ । मोडिफाई गरेको हकमा भने पुरानै स्वरूपमा बनाएर मात्रै कानुन अनुसार कारबाही गरेर छोडिने डिएसपी तिवारीले जानकारी दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ