नवलपरासी I नेपाल विद्युत् प्राधिकरणका असुरक्षित तारले दुर्घटनाको जोखिम बढेको छ ।
होचा र पुराना विद्युत् पोलका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पश्चिम नवलपरासीको वडा नम्बर १२ स्थित भटौलिया बजार आसपासका नागरिकले तार कम उचाइमा भएका कारण दुर्घटनाको जोखिम बढेको गुनासो गरेका हुन ।उसो त देश भरी नै यो समस्या रोग जस्तै बनेर बसेको छ ।
पुराना र होचा पोल त्यसैमाथि लत्रिएका तारका कारण कतिबेला दुर्घटना हुने हो ठेगान छैन । भटौलियाको मुख्य बजार र भित्री गाउँमा समेत ढल्न थालेका जोखिम पोल सँगै सडक नजिकैको दुरीमा तार आउँदा संयमित भएर हिँडडुल गर्नु पर्ने अवस्था देखिन्छ।”पटक पटक विद्युत् प्राधिकरणलाई यो विषयमा मौखिक र लिखित रूपमै जानकारी गरायौ तर सुनुवाइ भएन,घटना घटिहाल्यो भने को जिम्मेवार हुने!”बर्दघाट १३ का स्थानीय समाजसेवी शेषनारायण कँडेलले भन्नू भयो ।यो समस्या जिल्लाका अधिकांश ठाउँहरूमा रहेको स्थानीयहरू बताउँछन् ।
बरघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमा शङ्कर चौधरीले यस विषयमा नगरपालिका र विद्युत् प्राधिकरणलाई पटक पटक जानकारी गराउँदा समेत सुनुवाइ नभएको बताउनु भयो।”सडक कालोपत्र गर्दा हाईट बाटोको उचाइ माथि आउँदा पोलको उचाइ कम भएका कारण नाङ्गो तारले मालवाहक सवारी साधनहरूलाई आगलागी जस्ता जोखिम छ,पोल पोल पनि पिच बाटोमै छ्न सारिएको पनि छैन”अध्यक्ष चौधरीले भन्नूभयो ।
यस विषयमा बुझ्दा बर्दघाट वितरण केन्द्रका कार्यालय प्रमुख प्रशान्त कुमार झाले बजेट अभावका का कारण समयमै काम गर्न कठिनाइ भएको र तिहार लगत्तै जोखिमयुक्त ठाउँहरूमा सुधार गर्दै लगिने बताउनु भयो ।”हामीलाई पोल र तार बिस्तारका लागि मात्र बजेट आउँछ मर्मत सम्भारका लागि खासै बजेट न आउँदा जोखिम क्षेत्र पहिचान भएपनी काम गर्न कठिनाइ छ यद्यपि जिम्मेवारी हाम्रै हो”कार्यालय प्रमुख झाले बताउनु भयो ।
यता प्राधिकरणका पोलमा अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनी र केबलका तारहरू समेत लथालिङ्ग अवस्थामा रहँदा यसले पनि दुर्घटनाको जोखिम बढेको छ भने अर्कातिर बजार क्षेत्रलाई कुरूप बनाएको छ ।बर्दघाट नगरपालिकाले केवल र इन्टरनेट सेवा प्रदायक हरूलाई तार व्यवस्थित गर्ने अभियान चलाएपनी सबैले त्यसको पालना गरेको भने देखिँदैन ।केही महिना अगाडि रामग्राम नगरपालिकामा इन्टरनेट कम्पनीको असुरक्षित तारबाट करेन्ट लाग्दा एक जनाको निधन भएको थियो ।