प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।
उजुरी परेपछि समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको हो । समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा कागजात माग गरिएको बताएका छन् ।
ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी परेको छ ।