बुधबार, बैशाख ९, २०८३

नेपाली सेनामा ३४ सय जनाका लागि जागिर खुल्यो


कान्तिपथ


नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो।

सैन्य पदमा ३ हजार र सूचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ।

देशका विभिन्न ब्यारेकमा पदपूर्तीका लागि सेनाले एकैपटक ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस ७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने पुस १४ गतेसम्म दरखास्त दिन सकिने छ।

सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत