शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सेनाका अर्का उपरथीको शैक्षिक प्रमाणपत्र शंकास्पद : भारतबाट ल्याएको उजुरी !

सेनाका अर्का उपरथीको शैक्षिक प्रमाणपत्र शंकास्पद : भारतबाट ल्याएको उजुरी !


कान्तिपथ


नेपाली सेनाका उच्च अधिकृतहरु अहिले धमाधम छानबिनमा पर्न थालेका छन् । पछिल्लो समय रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए भने अहिले उनीपछि तेस्रो बरियतामा रहेका उपरथी निर्मल कुमार थापा पनि छानबिनमा परेका छन् ।

उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ ।

थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् ।

संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमान्डर नियुक्त गरेका छन् । महासचिव गुटेरेसले थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् ।

उपरथी थापाअघि फोर्स कमान्डरको जिम्मेवारी ६ सैनिक अधिकृतहरूले सम्हालिसकेका छन् । रथी ईश्वर हमाल अहिले ‘फोर्स कमान्डर’ छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा तथा अन्य जर्नेलहरूमा बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा, पवनजंग थापा र ईश्वर हमाल हुन् । यस्तै, नेपालको तर्फबाट उच्च तहमा पूर्व रथी सीबी गुरुङले यूएनका पूर्व महासचिव कोफी अन्नानअन्तर्गत रहेर ‘मिलिटरी एड्भाइजर’ को रूपमा काम गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत