मङ्लबार, माघ ८, २०८१

सेनाका १३८ अधिकृतको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


कान्तिपथ


६० मेजर, ६० क्याप्टेन र १८ जना लेफ्टिनेन्टको सोमबारबाटै लागू हुने गरी सरूवा

काठमाडाैं – नेपाली सेनाका १३८ जना अधिकृतको सरुवा गरेको छ ।

सेनाको सैनिक सचिव विभागले मेजर, क्याप्टेन र लेफ्टिनेन्टहरुको सरुवा गरेको हो । सैनिक सचिव विभागका अनुसार सरूवा हुनेमा ६० जना सेनानी (मेजर), ६० जना सहसेनानी (क्याप्टेन) र १८ जना उपसेनानी (लेफ्टिनेन्ट)को सरुवा भएको छ ।

अधिकृत सरुवा, काज नियुक्ति निर्देशिका २०७७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७८, युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा गरिएको र मानवीय आधारमा सरुवाको लागि निवेदन प्राप्त भएकोलाई प्राथमिकतामा राखेर सरुवा गरिएको उल्लेख छ ।

सरूवा भएका अधिकृतहरूलाई १५ दिनभित्र सम्बन्धित युनिटमा हाजिर हुन निर्देशन दिइएको छ ।

सूचीः



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत