शुक्रबार, साउन २, २०८२

रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु


कान्तिपथ


रुकुम पश्चिम- रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका -११, चौर गाउँमा बस्दै आएका एक बृद्धको चिसोले मृत्यु भएको हो ।

मृत्यु हुनेमा साबिक मग्मा घर भइ लामो समयदेखि आठबिसकोटमा बस्दै आउनुभएका ६५ वर्षीय मनरामे सार्की रहेको स्थानीय सुनिल बिकले बताउनुभएको छ ।

यो संगै भूकम्पछि अहिलेसम्म रुकुम पश्चिममा मात्रै त्रिपालमा बस्दै आएका ७ जना बृद्धबृद्दाको चिसोले मृत्यु भएको छ । यसअघि आठबिसकोट नगरपालिकामा ५ र सानीभेरी गाउँपालिकामा १ जना गरि ६ जनाको चिसोकै कारण मृत्यु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत