Fair Educational Competitor’s Association (FECA) ले आफ्नो वार्षिक रूपमा विभिन्न प्रतियोगिता गराउँदै आएकोमा यो वर्षको क्रस कन्ट्री दौड प्रतियोगिता २०८०/०८/१६ मा सम्पन्न गरेको छ।
फेका द्वारा आयोजित यस क्रस कन्ट्री दौड प्रतियोगितामा कुल २४ विद्यालय बाट ४८ खेलाडी सहभागी भएका थिए। फेकाका सह – सचिव राजु दाहालका अनुसार यस वर्षको दौड प्रतियोगितामा छात्र तर्फ CBIA का सुबास न्यौपानेले ५ किलोमीटर दौड १२ मिनेट ४८ सेकेन्डमा पुरा गरेर प्रथम हुन सफल भएका थिए भने दोश्रो हुनेमा प्रारम्भ एकेडमीका अजय कार्की र तेश्रोमा कस्तुब एकेडमीका कुशल बर्देवा भएका छन्।
त्यस्तै छात्रा तर्फ हाईल्याण्ड इंग्लिश सेकेण्डरी स्कुलकि रचना चौलागाईंले ५ किलोमिटर दौड १५ मिनेट ५२ सेकेन्डमा पार गरी प्रथम हुन सफल भइन् भने दोश्रोमा विद्या विकास एकेडमीकी प्रतिमा श्रेष्ठ , तेश्रोमा एकलब्य शिक्षा सदनकी सपना थापा भएकी छिन् भने उक्त अवसरमा विश्व साइकल यात्री अजय मिश्र र भगत खत्रीलाई सम्मान गरिएको थियो।
दाहालका अनुसार १६ औं FECA फुटबल प्रतियोगिता यही मङसिर २१ देखि ३० गतेसम्म मुलपानी फुटबल चौरमा हुने भएको छ भने खेलमा विभिन्न विद्यालयका २४ टीम सहभागी हुनेछन। १६ औं FECA फुटबल प्रतियोगिताको फाइनल खेल ३० गते हुने सह सचिव दाहालले जानकारी दिएका हुन्।
कान्तिपथ संवाददाता सुसिल चौलागाईं
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ