मङ्लबार, बैशाख १, २०८३
  • गृहपृष्‍ठ
  • बिश्व
  • ‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी

‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी


कान्तिपथ


मस्को। विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।

“हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं ।

“रूसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र मान्यताको उल्लङ्घन गरेको हामीले बारम्बार उल्लेख गरेका छौं,” रूसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ ।

यस्तो कार्य ‘सार्वभौम अचल सम्पत्तिमाथिको घोर अतिक्रमण र राज्यहरूको एक समूहले अर्को समूहको सम्पत्तिको सरासर चोरी’ गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “‘पश्चिमी गठबन्धन’ देशहरूले रूसी अचल साथै अन्य सम्पत्तिजफत गर्ने उनीहरूको कुनै पनि प्रयासले अनिवार्य रूपमा पर्याप्त र प्रभावकारी प्रतिक्रिया पाउनेछ भनी उनीहरूले बुझेका हुनुपर्छ ।”सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत