कानुनका ज्ञाता, वरिष्ठ अधिवक्ता नै लाईन मिनिस्टर बनेर आएपछि कानुनको पालना गराउने निकाय सुरक्षा अंगमा भने एक प्रकारको खुसियाली छाएको छ । लेखक गृहमन्त्री बनेपछि कान्तिपथसंग संक्षिप्त प्रतिक्रिया दिंदै एक उच्च प्रहरी अधिकारीले भने, ‘कम्तिमा पुलिसिङ्ग र स्टन्ट गर्दै नहिड्ने गृहमन्त्री पायौं । अघिल्लो गृहमन्त्रीका त आफ्नै आधा दर्जन मुद्धामामिला थिए, कतिबेला कहाँ भिडियो कलमा जवाफ दिनु पर्ने हो थाहा पत्तो हुदैनथ्यो’ ।
उत्क प्रहरी अधिकारीले भनेझैं लेखक सालिन र भद्र स्वभावको व्यक्तित्व भएको नेता हुन् । तत्कालीन माओवादीसँगको वार्ता टोलीको सदस्य रहेर काम लेखकले विस्तृत शान्ति सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । शान्ति सम्झौतापछि नेपालको अन्तरिम संविधानको अन्तिम रूप दिने कार्यमा उनले भूमिका खेलेका थिए ।
संबिधान संसोधनको एजेन्डा उठाएर बनेको वर्तमान गठबन्धनका आर्किटेक्ट लेखक गृहमन्त्री बन्दा संबिधानको मर्म बुझ्ने प्रहरी नेतृत्वको विश्वास छ । मुलुक संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि प्रहरी समायोजन हुन सकेको छैन ।
धेरैजसो संरचनाहरु संघीय ढाँचामा गए पनि अहिलेसम्म प्रहरी प्रशासन भने केन्द्रीय सरकारसँग मात्र छ । प्रदेशहरुले यसको विरोध गर्दै पटक–पटक प्रहरी समायोजन हुनुपर्ने माग समेत उठाउँदै आएका छन् । पछिल्ला हरेक गृह मन्त्रीको पालामा प्रहरी समायोजनको विषय उठ्ने, तर कार्यान्वयन नहुने भइरहेको छ ।
करिब एक दशकदेखि संघीय प्रहरी ऐन समेत बन्न नसकेको र प्रहरी समायोजन हुन नसकेको अवस्थालाई लेखकले कसरी सम्बोधन गर्छन् त्यो हेर्न बाँकी नै छ । आईजीपी बसन्त कुँवर पनि आफ्नै कार्यकालमा प्रहरी समायोजन होस् भन्ने चाहन्छन ।
प्रचण्ड सरकारले सुरु गरेको सुशासनको अभियानलाई लेखकले कुन हदसम्म लैजान सक्छन भन्ने पनि आम प्रतिक्षाको विषय बनेको छ । अघिल्लो सरकारको पालामा कांग्रेसले रवि लामिछाने जोडिएको सहकारी काण्ड र वर्तमान प्रधानमन्त्री जोडिएको गिरिबंधु जग्गाको विषयलाई लिएर लामो समय संसद अवरुद्ध नै गरेको थियो । यी दुईसहित आफ्नै निर्वाचन क्षेत्रकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनु पर्ने जिम्मेवारी लेखकको काँधमा आएको छ ।
आफूलाई ‘स्टन्ट गरेको’ आरोप लगाएपछि लामिछानेले लेखकलाई जवाफ फर्काएका थिए । शरणार्थी प्रकरणको फाइल खुलेको २४ घण्टामा सरकार ढल्ने अवस्था आएको लामिछानेको जिकिर छ । शरणार्थी प्रकरण जस्तै आधा दर्जन ठुला घोटालाको फाइल प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तिनै मुद्धालाई तार्किक निष्कर्षमा लैजानु लेखकमाथि आम अपेक्षा हो । विभिन्न घटनालाई लिएर रविसंग बिच्किएका आईजीपी कुँवरको जोडी भने लेखकसंग जम्ने देखिन्छ । कुँवर कांग्रेसनिकट हुन् भन्ने गरिन्छ । Photo : onlinekhabar
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ