बुधबार, फाल्गुन ६, २०८२

अस्ट्रेलियाद्वारा चीनमाथि आक्रमणको आरोप


Jebin Rimal


अस्ट्रेलियाले चीनमाथि साइबर आक्रमणको आरोप लगाएको छ । अस्ट्रेलियाको रक्षा मन्त्रालय र विदेश मन्त्रालयले चीनमाथि आफ्नो मुलुकको कम्युटर सञ्जाललाई लक्षित गरी साइबर हमला गरेको आरोप लगाएका हुन् ।

उक्त हमलामा एपीटी ४० नामक समूह र चीनको राज्य सुरक्षा मन्त्रालयको संलग्नता रहेको अस्ट्रेलियन पक्षको भनाइ छ ।

त्यसअघि छिमेकी न्यूजिल्याण्डले पनि संसदीय कार्यालयमा भएको साइबर आक्रमणमा उक्त ह्याकर समूहको हात रहेको आरोप लगाएको थियो ।

मुलुकको सूचना निर्देशनालायले गरेको सूक्ष्म अध्ययनका आधारमा साइबर हमलामा एटीपी ४० समूहको संलग्नता रहेको निष्कर्ष निकालिएको अस्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

आफ्ना नागरिक तथा व्यवसायिक संस्थाका साइबरस्पेसको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको त्यहाँका रक्षामन्त्री रिचर्ड मार्लेसले जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत