काठमाडाैं । प्रहरीले लागु औषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ।
उनलाई २०८१ असार २५ गते बर्दिबासबाट चरीकोटतर्फ आउँदै गरेको बा ३ ख १७९६ नम्बरको बसमा लागूऔषध ओसारपसार भएको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सत्रुधन कुमार महतोको कमाण्डमा खटिएकाे टाेलीले जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछाप स्थितमा उक्त बस रोकेर चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो पदार्थ फेलापारी पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २६ को बिजय आचार्य रहेका छन् । उनकाे साथबाट प्रहरीले ६.०४० ग्राम लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएकाे हाे ।
त्यसैगरी दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका वडा नं. ४ घर भएका बर्ष २९ को मधुसुजन चौलागाईको साथबाट पनि प्रहरीले लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने ४.६२ ग्राम बरामद गरेकाे प्रहरी निरीक्षक महतोले जानकारी दिए ।
एकपछि अर्काे गर्दै दाेलखा प्रहरीले सफलता प्राप्त गरेकाे छ ।

यसैगरी मिति २०८१ असार १८ गते जिल्ला दाेलखा भिमेश्वर नगरपालिकास्थित चरिकोट आसपासको क्षेत्रमा लागु औषध बिक्री बितरण भई रहेको भन्ने सुचनाका आधारमा खोजतलाश गर्ने क्रममा बादल गुरूङ र सुजन पाण्डेको घर, कोठाबाट निम्नानुसारको लागु औषध जस्तो (TROHAM-50) लेखिएको क्याप्सुलहरू फेला पारी निजहरूलाई उक्त क्याप्सुल सहित नियन्त्रणमा लिई साेधपुछ गर्दा लागूऔषध बिक्री वितरणमा सोनाम तामाङ र सागर तामाङ समेत संलग्नता रहेको भनि खुल्न आएको हुँदा निजहरू सेनाम तमाङ र सागर तामाङलाई पक्राउ गरेकाे हाे ।
यसैगरी २०८१ असार १९ गते जिल्ला दाेलखा भिमेश्वर नगरपालिका वडा नं. ३ स्थितबाट TRAMA NIL लेखिएको १० क्याप्सुलको पत्ता थान १, TRAMA NIL लेखिएको ४ क्याप्सुल र १ वटा खोलि सकेको अवस्थाको पत्ता १, TROHMA-50 लेखिएको १ क्याप्सुल र D-KOF लेखिएको २ चक्कीसहित जिल्ला मकवानपुर लामसुरे गाउँपालिका वडा नं. ९ घर हुने बर्ष २० को कैलाश थापामगरलाई पक्राउ गरेकाे प्रहरी निरीक्षक सत्रुधन कुमार महतो जानकारी दिए ।
महतो उनकाअनुसार पक्राउ परेका सबैलाई प्रचलित कानून बमोजिम जिल्ला अदालत दाेलखाबाट म्याद थप गरी अनुसन्धान भैरहेको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ