काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न चितवन पुगेको टोलीको गाडीमा प्रहरीकै अगाडि स्थानीयले आगजनी गरेका छन् ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
बुधबार दिउँसो २ः१० बजे भरतपुर महानगरपालिका (७ मनकामना चोक पुगेको वाग्मती प्रदेश ०१-०३० च ७१९० नम्बरको कारमा नियन्त्रणमा लिएर उनीहरूले आगजनी गरेको डिएसपी भेषराज रिजालले जानकारी दिए ।
सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएको बताइएको छ ।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ । गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।
बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए ।
सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो ।
यसअघि पनि उक्त विषममा आन्दोलन भएको थियो । स्थानीयले संघर्ष समिति नै बनाएका थिए। समिति र सरोकारवालाबीच भएको छलफलले बाटो परिवर्तन गरेर कम मानवीय बस्ती पर्ने गरी रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।
एक्कासी सर्भे गर्न आएपछि स्थानीयहरू आक्रोसित भएका बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ