काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ।
मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन्।
इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्। २७ बर्षिय अन्वी कामदार सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन्। उनी आफ्नो सात जना साथीसँग घुम्न गएकी थिइन्।
उनका साथीहरूले पुलिसलाई खबर गरेपछि पुलिस र स्थानीयले नजिकैको अस्पतालसम्म पुर्याएका थिए। उपचारको क्रममा २७ वर्षिया अन्वीको मृत्यु भएको हो।
उनी पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन्। उनी विभिन्न ठाउँ घुम्न गएर सामाजिक सञ्जालमा रिल हाल्थिइन्। जसले उनलाई निकै परिचित बनाएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ