बिहिबार, बैशाख ३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्व राज्यमन्त्रीको हत्या प्रकरण : घटनामा संलग्नलाई कारबाही गर्न राप्रपाको माग

पूर्व राज्यमन्त्रीको हत्या प्रकरण : घटनामा संलग्नलाई कारबाही गर्न राप्रपाको माग


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटना दुखद् र निन्दनीय रहेको जनाएको छ ।

राप्रपाका संस्थापक नेता समेत रहेका रायको गएराति सर्लाहीको चन्द्रनगर गाऊँपालिका-१ स्थित आफ्नै निवासमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । ८० वर्षीय राय राति ११:३० बजे धारिलो हतियार प्रहार गरेर हत्या भएको जनाएकाे छ ।

राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत राप्रपाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत