काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले २०८४ सालमा हुने तीन तहको निर्वाचनमा पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिने भएको छ ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना लिएर अगाडि बढ्ने विषयमा निर्णय गर्ने बताएकाे हाे ।
आज पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ।
बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ।
१८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेकाले त्यसको फाइदा आगामी निर्वाचनमा लिनेगरि जारी पार्टीको बैठकले रणनीति बनाउने बताए ।
‘१८ महिना सरकारको नेतृत्व गर्यौं। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं। हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ