काठमाडाैं । नेपालकी डुआना लामा पेरिस ओलम्पिक– २०२४ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा सोमबार ३० औँ स्थानमा रहिन् ।
सहभागी ३१ खेलाडी मध्ये डुआना ३० औँ भएकी हुन् । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ भइन् ।
पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुआनाले पहिलो हिटमा प्रतिस्पर्धा गरेकी थिइन् । हिटमा भने डुआना ७ खेलाडी मध्ये सातौँ भइन् । डुआनाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । यो समय डुआनाको व्यक्तिगत उत्कृष्ट समय भन्दा पनि बढी हो । डुआनाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड छ ।
यो स्पर्धामा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा ४ स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ की सहभागी मध्ये सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।
पौडीमा नेपालबाट २ खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाइ ३० तारिखमा पुरुष १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ