शनिबार, चैत्र ९, २०८१

सरकारले गर्‍यो १८ देशका लागि राजदूत सिफारिस (नामसहित)


कान्तिपथ


काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार साँँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सर्वाजनिक नभए पनि बैठकले भारतको राजदूतमा डा. शंकर शर्मालाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ।
उनलाई अघिल्लो सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, उनी अहिले पनि भारत मै छन्।

यस्तै, मन्त्रिपरिषद् बैठकले चीनका विष्णुपुकार श्रेष्ठ, रुसका मिलन तुलाधर र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ।

मन्त्रिपरिषद् बैठकले चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ।

यस्तै, अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदूतका लागि सिफारिस गरिएको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत