मङ्लबार, बैशाख ९, २०८२

को हुन् रुपा बिक ?

दलित र जनजाति समुदायबाट तीन राज्यमन्त्री नियुक्त


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व हुनेगरी तीनजना राज्यमन्त्री नियुक्त गरेका छन् ।

यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । यो राज्यमन्त्रीसहित मन्त्रिपरिष २५ सदस्यीय भएको छ ।

उनीहरुमध्ये २ जना नेपाली कांग्रेसका र १ जना नागरिक उन्मुक्ति पार्टीका हुन् ।

कांग्रेसका रूपा विक र पूर्णबहादुर तामाङ रहेका छन् भने नाउपाका अरुण चौधरी रहेका छन् । विक वन तथा वातावरण राज्यमन्त्री, तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री र चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शुक्रबार राष्ट्रपतिको कार्यालयले राज्यमन्त्री नियुक्ति गरिएको जानकारी दिएको हो ।

मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा आलोचना भएको थियो।

विक पाल्पाकी हुन्। उनी कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य छिन्।

रूपा पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट छिन्।

को हुन् रुपा बिक ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य भनेर चर्चित बनेकी थिइन् पाल्पाकी रुपा । कांग्रेस केन्द्रीय सदस्य बन्दा ३५ वर्षकी रुपा अहिले ३८ वर्षमा हिँडिरहेकी छन् ।

रुपा आफूलाई जन्मजात कांग्रेस बताउने गर्छिन् । उनका बुबा पूर्वगाविस अध्यक्ष थिए । बीपी कोइरालाका पुस्तक र उनको विचारबाट प्रेरित भएर कांग्रेसप्रति रुझान बढेको उनको भनाइ छ । नेपाल विद्यार्थी संघबाट उनले सक्रिय राजनीति थालेकी हुन् ।

कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उनी प्रतिनिधिको रुपमा सहभागी थिइन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भइन् । १४ औं महाधिवेशनमा भने विजयी बनिन् । उनी शेरबहादुर देउवाको प्यानलबाट दलित कोटामा निर्वाचित भएकी हुन् ।

रुपालाई २०७९ साल मंसिरको निर्वाचनपछि कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । उनी दलित कोटामा समानुपातिक सांसद बनेकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत